News

Oct 5, 2008

परराष्‍ट्रमन्त्री उपेन्द्र यादव दक्षिण कोरिया आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको भम्रणमा रहनु भएका परराष्‍ट्रमन्त्री उपेन्द्र यादव दक्षिण कोरिया आउने भएको छ । हिजो भएको कार्यक्रममा नेपाली दूतावासका उपनियोग यादव खनालले परराष्‍ट्रमन्त्री उपेन्द्र यादव अमेरिकाबाट कोरिया हुदै नेपाल जाने योजना रहेको बताउनु भएको छ । कोरियाको भ्रमणको क्रममा कोरियामा रहेको नेपाली संघ संस्थाका प्रतिनिधि तथा विभिन्न पेशामा आवद्ध नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको उपनियोग खनालले बताउनु भएको छ । कार्यक्रम यहि आउदो अक्टोबर १२ तारिख आईतबारको दिन नेपाली दूतावासको भवनमा हुने भएको छ । दिनको ३ बजे देखि हुने उक्त कार्यक्रममा सम्पूर्ण नेपाली दाज्यु भाई तथा दिदी बहिनाहरुलाई उपस्थितको लागी हार्दिक अनुरोध गरिएको छ ।

No comments: