News

Oct 4, 2008

माओवादीमा महाधिवेशन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि विचार व्यक्त गर्ने क्रम माओवादी बैठकमा शुरू भएको छ। माओवादी केन्द्रीय समितिको शनिबार बसेको बैठकमा अधिकांश वरिष्ठ केन्द्रीय सदस्यले आफना विचार व्यक्त गरेका थिए।बैठकमा बोल्ने सबैजसो नेताहरूले पार्टी अख्तियार गरेका विगतका कार्यनीति सफल भएको पार्टी ध्यक्ष प्रचण्डको निष्कर्षा सहमति जनाउँदै आगामी रणनीति भने गम्भीरताका साथ तय गर्नुपर्ने सुझाव दिएका थिए। केन्द्रीय सदस्यहरूले पार्टीत्तामा गए पनि क्रान्तिकारीपन भने गुमाउन नहुने सुझाव दिएका थिए।पार्टी अपनाउने रणनीतिबारे केन्द्रीय समितिको बैठकबाट नभई पार्टी हाधिवेशनबाट नै निर्णय हुनुपर्ने सबै नेताहरूको माग थियो।सात दलसँग १२बुँदे सहमति गर्दा लोकतान्त्रिक गणतन्त्रलाई पार्टी नीति बनाएको माओवादीभित्र फेरि जनगणतन्त्रलाई नै प्रमुख कार्यनीति बनाउनुपर्ने दबाब बढ्न थालेको छ र यसको छिनोफानोमा पुग्न पनि महाधिवेशनको माग भएको हो।पार्टी रवक्ता कृष्णबहादुर महराले बैठक भोलि सोमबार बस्ने जानकारी दिनुभयो। प्रतिवेदनमाथि बोल्ने क्रम जारी छ र केन्द्रीय सदस्यहरूबाट सकारात्मक सुझाव आएका छन्’ -बैठकपछि महराले पत्रकारहरूसँग भन्नुभयो।

No comments: