News

Oct 5, 2008

सरकारले वार्ताका लागि औपचारिक आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी वार्ता टोलीले तराइमा सशस्त्र संघर्ष गरिरहेका समूहहरुलाई वार्तामा आउन औपचारिक आहृवान गर्ने भएको छ । सरकारी वार्ता टोलीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सशस्त्र समूहलाई वार्तामा आउन आहृवान गर्न लागेको वार्ता टोली संयोजक एवं शान्ति मन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभयो । हालै मात्र सरकारले तराइमा सशस्त्र संघर्ष गरिरहेका समूहहरुसँग वार्ता गर्नका लागि शान्ति मन्त्री प्रभाकरको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

No comments: