News

Oct 7, 2008

तीन महिनापछि नेतृत्व हस्तान्तरण गर्ने - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग उठिरहेका बेला नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूले आगामी तीन महिनापछि नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ । तीन दिनअघि गृहनगर विराटनगर पुग्नुभएका कोइरालाले कार्यकर्तासित कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई सुदृढ गर्नका लागि सबैले सक्रिय भएर लाग्नुपर्नेमा समेत जोड दिनुभएको छ ।पार्टीलाई नयाँ जोशका साथ सुदृढ पारी अघि बढाउन आफू स्वयं पनि सक्रिय हुने उल्लेख गर्दै कोइरालाले तीन महिनासम्म संगठन बलियो बनाउन सक्रिय हुने अनि त्यसपछि नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने बताउनुभयो । पार्टीभित्र रहेको गुटबन्दी अन्त्य गर्नुपर्छ भन्दै कोइरालाले अब पार्टीको भावनात्मक रुपमै एकीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

No comments: