News

Oct 7, 2008

सुनसरीको दुर्घटनामा परी ६ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा सोमबार राति भएको दुर्घटनामा परी ६ जना घाइते भएका छन् । इटहरीबाट इनरुवा गइरहेको को१त ३१४ नम्बर ट्याक्टर र भारतीय नम्बरको ट्रक पकलीमा एकापसमा ठक्कर खाएको थियो ।ठक्करबाट ट्रक चालक पश्चिम बंगाल भारतका कुस्तक शेख, ओखलढुङ्गा-६ रातमाटेका राजकुमार राइ, मकर राइ त्यस्तै इटहरीका सूर्य दाहाल र अन्य दुइजना घाइते भएका छन् । घाइतेमध्ये ट्रक चालक र ट्याक्टरमा सवार राजकुमार राइको धरानमा उपचार भइरहेको छ अन्य भने सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

No comments: