News

Oct 6, 2008

आफनै भतिजाको कुटाइबाट गम्भीर घाइते न्यायाधीश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेह्रथुम जिल्ला अदालतका न्यायाधीश कोषकुमार नेम्वाङ आफनै भतिजाको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ।दशैं मनाउन पाँचथर सदरमुकाम फिदिमस्थित घर आउनुभएका नेम्वाङ शनिबार साँझ भतिजा शेखरकुमार नेम्वाङको कुटाइबाट गम्भीर घाइते हुनुभएको हो।घरायसी विवादमा भतिजा शेखरको कुटाइबाट टाउकोमा गम्भीर चोट लागी घाइते हुनुभएका न्यायाधीश नेम्वाङको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेकाले आइतबार दिउँसो हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। कुटपिटपछि शेखर फरार रहेको र आवश्यक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

No comments: