News

Oct 8, 2008

पेट्रोलियम पदार्थको सहज रूपमा आपूर्ति भइरहेको - वाणिज्य तथा आपूर्तिमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको सहज रूपमा आपूर्ति भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले राजधानीमा मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाँले यस्तो बताउनुभएको हो । ग्यास बिक्रेताले ग्यासको कृत्रिम अभाव सिर्जना गरेका कारण आपूर्तिमा केही असहजता देखिए पनि आयल निगमले सोमबारदेखि ग्यासको बिक्री वितरण गर्न थालेको महतोले जानकारी दिनुभयो ।उहाँले खाद्यान्न अभाव भएका कालिकोट, हुम्ला, जुम्लालगायतका सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न आपूर्तिका लागि सुर्खेतबाट हेलिकप्टरमार्फत ढुवानी तीव्र पारिएको समेत जानकारी दिनुभयो ।तर सुर्खेतबाट पहाडी भेगमा खाद्यान्न लिएर उड्न लागेका हेलिकप्टरलाई माओवादीका जनसेना र अन्य व्यक्तिहरूले 'हामीलाई पनि लिएर जाउ' भन्दै घेराउ गरिरहेको जानकारी दिँदै मन्त्री महतोले सरकार संवेदनशीलताका साथ सबै उपभोग्य वस्तुहरूको सहज आपूर्ति मिलाउन दृढ रहेको बताउनुभयो ।

No comments: