News

Oct 7, 2008

दार्जीलिंगमा नेपाली पोशाक आन्दोलनको थालनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको पश्चिम वंगालको एउटा राजनीतिक दल गोर्खा जनमुक्ति मोर्चाले नेपाली पोशाक दौरा-सुरुवाल र फरिया-चोली लगाउने अभियानको शुरुवात गरेको छ। मोर्चाले नेपाली भाषाभाषीहरुका लागि छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दे आन्दोलन गरिरहेको छ।नेपाली पोशाक अभियान आन्दोलनकै हिस्सा भएको मोर्चाको भनाई छ। मोर्चाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा दार्जीलिङ्ग पहाड, सिलिगुडी तराई र डुवर्स क्षेत्रमा मंगलबार औपचारिक कार्यक्रमहरु गरेर एक महिने पोशाक आन्दोलनको सुरुवात गरेको हो। हाँसीखुशी सो अभियानका कारण दार्जीलिङ्ग पहाड, सिलिगुडी तर्राई र डुवर्स नेपाली पोशाकमय भएका छन्।सिलिगुडीको दार्जीलिङ्ग मोडमा दौरा-सुरुवाल र फरिया-चोलीमा सजिएका नेपाली भाषी गोर्खालीहरु निकै हाँसीखुशी देखिएको हाम्रा संवाददाताले बताएका छन्। दौरा-सुरुवाल र फरिया-चोलीमा सजिएका बालवालिकाहरुले पनि नेपाली भएकाले नेपाली पोशाक लगाएको बताए।एक महिनाअघि नेपाली पोशाक लगाउने अभियानको घोषणा गरिए लगत्तै दार्जीलिङ्ग, सिलिगुडी तथा डुवर्सका गोर्खालीहरुले दौरा-सुरुवाल र फरिया-चोली लगाउन थालिसकेका थिए। तर औपचारिक रुपमा भने मंगलबारबाट मात्र आन्दोलनको सुरुवात भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ।

No comments: