News

Oct 9, 2008

अवरोधले संकटक्षेत्रमा चामल पुग्न पाएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाको हेलिकप्टरबाट जुम्ला र मुगुका लागि लैजान लागिएको २० क्विन्टल चामल माओवादीका स्थानीय कार्यकर्ताले लान नदिएपछि सेनाको हेलिकप्टर काठमाडौं फर्किएको छ । राँझा विमानस्थलबाट कर्णालीका लागि विभन्न जिल्लाका चामल पठाउनका लागि नेपाली सेनाको हेलिकप्टर नेपालगञ्ज गएको थियो ।नेपाल खाद्य संस्थान बाँकेले जुम्ला र मुगुका लागि चामल एक हजार क्विन्टल पठाउनुपर्नेमा २० क्विन्टल मात्र पठाउन लागेको थियो । स्थानीय वासिन्दालाई चाडपर्वको समयमा खाद्यान्नको अभाव नहोस् भनेर संस्थानले ती जिल्लामा खाद्यान्न पठाएको हो । माओवादी कार्यकर्ताले पहिला यात्रुलाई ओसार्नुपर्ने र पछि खाद्यान्न लानुपर्ने भन्दै खाद्यान्न लान नदिएको बताइएको छ ।

No comments: