News

Oct 8, 2008

जहाज दुर्घटना छानवीन गर्न आयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोलुखुम्बुको लुक्लामा भएको जहाज दुर्घटनाको छानवीन गर्न बनाइएको आयोगलाई दुई महिनाको समय दिइएको छ । लुक्ला जहाज दुर्घटनाको छानवीन गर्न सरकारले सहायक महान्याधिवक्ता पुष्पराज कोइरालाको नेतृत्वमा आयोग बनाएको छ । आयोगका सदस्यमा डाक्टर रञ्जितसिंह बराल, नागेन्द्रराज घिमिरे, इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र पाईलट सुवास बराल छन् । आयोगलाई घटनाको अनुसन्धान गरेर प्रतिबेदन बुझाउन दुई महिनाको समय दिइएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार बिमान अवतरण हुँदा पाँच हजार भिजुअबीलीटी चाहिनेमा लुक्लामा दुर्घटना हुँदा शुन्य मात्र थियो । नागरिक उड्ययन प्राधिकरण लुक्लाका कर्मचारीले घटनाबारे थप बताउन अस्विकार गरे ।

No comments: