News

Oct 10, 2008

हातेबमसहित तीनजनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी जिल्लाको औरावनीस्थित भमरीबजारबाट प्रहरीले ३६ एमएमको हातेबमसहित तीनजनालाई पक्राउ गरेको छ । दसैंको अवसरमा आयोजना गरिएको मेलास्थलबाट स्थानीय युवराज यादव, वतन खुल्न नसकेको राम मगर र अर्का एक मगर थरका युवकलाई नेपाली सेनाले प्रयोग गर्ने हातेबमसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीको दुहबी-इनरुवा सडकखण्ड अन्तर्गत पर्ने भमरीबजारमा पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी दुहबीमा राखी थप अनुसन्धान थालिएको जनाइएको छ । यसैबीच, सप्तरी जिल्लाको पोर्ताहा गाविस, वडा ६ बाट प्रहरीले मधेसी मुक्ति टाइगर्सका एक कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीलाई लक्ष्यित गरी बम प्रहार गर्ने सोही ठाउँ निवासी कैला मियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कञ्चनपुरले जनाएको छ ।

No comments: