News

Oct 10, 2008

मोरङमा आत्महत्या गर्नेको संख्यामा वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी तराइ जिल्ला मोरङमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षमा एकसय पाँचजनाले आत्महत्या गरेकामा महिला र वालवालिकको संख्या बढी रहेको छ । जिल्ला प्रहरीका अनुसार आत्महत्या गर्नेमध्ये महिला र बालबालिको संख्या ५२ रहेको छ । एक वर्षको अवधिमा आत्महत्या गर्नेमध्ये झुण्डिएर मर्नेको संख्या अझै बढी छ । गत आवमा ६१ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने विष सेवन गरेर ३८, डुवेर तीन, आगो लगाएर दुइ र हतियार प्रयोग गरेर एकजनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।जिल्लामा भएका विभिन्न किसिमका घटनामा परी दुइसय पैंतीस जनाको गत आर्थिक वर्षमा ज्यान गएको छ । यता ३० जनाको विभिन्न व्यक्तिले कर्तव्य गरी ज्यान लिएका छन् भने १४ जनालाई ज्यान मार्ने कोशिस गरिएको जनाइएको छ । यस्तै डाँकासँगको प्रतिकारमा पांचजनाको ज्यान गएको छ ।

No comments: