News

Oct 4, 2008

परिवारसँग दशैं मनाउने इच्छा यस वर्षपूरा नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीले कोसीपूर्व जाने लाखौं नेपालीको परिवारसँग दशैं मनाउने इच्छा यस वर्षपूरा नहुने भएको छ। इलामको कन्याम गाविसमा रहेका आफना बूढा आमाबुबाको हातबाट टीका ग्रहण गर्ने ५ वर्षेखि सपना बोकेका हरिबहादुर र्राई यसपालि जन्मथलो इलाम जान नपाउने भएकाले निराश छन्। चार वर्षसाउदी अरब बसेर गत वर्षदशैंपछि र्फर्केका र्राईले पैसा खर्च गरेर पनि पूर्वतर्फ जाने विमानको टिकट पाउन नसकेपछि इलाम जान नपाएको बताए।पोहोर साल गाउँमा दशैं मनाउन नपाए पनि यस वर्षराम्रोसँग मनाउने आशा थियो तर बाटो भत्केर जान सकिएन’ -र्राईले भने।यती एयरलाइन्सको सिनामंगल टिकट बिक्री केन्द्रअगाडि विराटनगरका लागि टिकट पाउने आशामा बसेकी विराटनगरकी संगीता पोखरेलले लाखौं प्रयास गर्दासमेत टिकट पाउन नसकेको बताइन्। पैसा जति खर्च भए पनि यसपालिको दशैं घरमा बुबाआमासँग मनाउने चाहना थियो’, उनले निराश हुँदै भनिन्- बसको यात्रा पनि भारत भएर जाँदा असुरक्षित भएकाले बसबाट जाने मन छैन।’यस वर्षो दशैं आफनो घरमा मनाउन नपाउने लाखौं नेपालीका प्रतिनिधि पात्र र्राई र पोखरेल भए पनि थोरै नेपाली मात्र २४ घण्टा लामो असुरक्षित यात्रा गरेर कोसीपूर्व पुगिसकेका छन्। विगतका वर्षरूमा दशैंताका काठमाडौंका सडक र गल्ली बन्द-हड्तालझैं सुनसान हुने भए पनि यस वर्षभने अझै भीडभाड निकै देखिन्छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीका अनुसार विगत वर्षो तुलनामा यस वर्ष१० प्रतिशतमात्र बस सेवा पूवतर्फ सञ्चालन भएको छ। गत वर्षो तुलनामा यस वर्षो दशैंमा ९० प्रतिशत बस सञ्चालनमा आएका छैनन्’, अध्यक्ष भण्डारीले भने- डुंगाबाट कोसी वारपार गर्दा जोखिम भएकाले भारतको वैकल्पिक मार्ग प्रयोग गर्दासमेत यात्रुको संख्या अत्यधिक कम छ।’हवाई र बसभाडा दुवै महँगो भएका कारण पनि थोरै आय भएका कोसीपूर्व जाने यात्रुको संख्या कम रहेको यातायात व्यवसायीको भनाइ छ।कोसीले महेन्द्र राजमार्ग अवरुद्ध गरेपछि विद्यार्थीवर्ग पनि मर्कामा परेको छ। सरस्वती क्याम्पस काठमाडौंमा स्नातक प्रथम वर्षा अध्ययनरत कृष्ण प्रसार्इं यस वर्षझापा नजाने भएका छन्। प्रर्साईंले यस वर्षो दशैं काठमाडौंमा रहेका अन्य साथीसँग मनाउने तयारी गरिरहेका छन्।

No comments: