News

Oct 4, 2008

पूर्वपश्चिम राजमार्गको वैकल्पिक बाटो निर्माण कार्य शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीबाँध भत्किएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गको वैकल्पिक बाटो निर्माण कार्य शुरू गरेको नेपाली सेनाले लक्ष्य पूरा भएको दाबी गरेको छ।कोसी प्रभावित इलाकामा वैकल्पिक सडक निर्माण तथा मर्मत कार्यका लागि नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयबाट खटिएको टोलीले उक्त निर्माण कार्य सम्पन्न गरेको हो।सैनिक मुख्यालयका अनुसार उदयपुरको सोमबारेदेखि कोथुसम्मको ३.५ किलोमिटर खण्डमा ५.५ मिटर चौडा ट्रयाक खोल्नुका साथै ती दुवै स्थानमा गाडी पार्किङस्थलको निर्माण सम्पन्न भएको छ।कोथुदेखि १७ नम्बर कोसी झोलुगेपुलसम्मको २.५ किलोमिटर ट्रयाक खण्डमध्ये १.१ किलोमिटर ट्रयाकमा हल्का सवारीसाधन आवतजावत गर्न सक्ने गरी बाटो निर्माण गर्नुका साथै बाँकी १.४ किलोमिटरका अप्ठयारा स्थानहरूमा ४ सय ५१ वटा खुड्किला निर्माण गरिएको र यसले गर्दा साबिकको २ घण्टा यात्रा गर्नुपर्ने बाटोलाई छोट्टर्याई १५ मिनेटमा सहज रूपले आउन-जान सकिने मुख्यालयले दाबी गरेको छ। सो खण्डलाई दशैंपछि एक महिनाभित्र स्तरयुक्त बनाउने लक्ष्य रहेको पनि सेनाले जनाएको छ।सुनसरीको चतरा-सुनसरी खण्डको २.८ किलोमिटर सडक खण्डलाई थप २ मिटर चौडा र लेवलिङ गरी १७ नम्बर कोसी झोलुंगेपुल इलाकामा सवारीसाधन पार्किङ स्थलको समेत निर्माण कार्य सम्पन्न भएको पनि सेनाले जनाएको छ।यसैबीच नेपालगन्ज संवाददाताले जनाएअनुसार नेपाली सेनाले निर्माणको जिम्मा लिएको सल्यानको देवस्थल-कैनकाँडा-चौरजहारी सडक यसपालिको दशैंमा ँउपहार’ दिने भएको छ। सल्लीबजारदेखि चौरजहारीसम्मको ४१ किलोमिटर सडकको ँफस्ट ट्रयाक ओपन’ भएपछि यस वर्षो दशैंमा उक्त सडकखण्ड सुचारु हुने भएको हो। सल्लीदेखि १४ किलोमिटर सडक गत भदौदेखि नै बस सञ्चालन भइरहेको जानकारी दिंदै सडक निर्माण कार्यदलका प्रमुख इन्जिनियर मेजर विश्वबन्धु पहाडीले शुक्रबार यस वर्षो दशैंमा चौरजहारीसम्म नै बस पुर्याउने लक्ष्यसाथ काम गरिरहेको जानकारी दिनुभयो।

No comments: