लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माण हुँदा सभासदलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टीको हि्वप अनुसार सभासदले मतदान गर्नुपर्ने बिषयमा दलहरुबीच सहमति बन्न नसक्दा संविधानसभा नियमावलि बन्न सकेको छैन तथा संविधानसभा संविधान निर्माणको प्रक्रियामै प्रवेश गर्न सकेको छैन । संविधान निर्माण हुँदा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने वा दलको हि्वप अनुसार नै उनीहरुले मत दिनुपर्ने विषयमा दलहरुबीच सहमती बन्न नसक्दा संविधानसभा नियमावलीले अझै अन्तिम रुप पाउन सकेको छैन । संविधान निर्माणको प्रक्रिया निश्चित गर्ने नियमावली नबनेका कारण संविधान निर्माण सुरु हुन सकेको छैन । संविधानसभा चुनाव सकिएको ६ महिना बितिसके पनि संविधान मस्यौदा समितिसमेत बन्न सकेको छैन । दशैं सुरु हुँनलाग्दासमेत दलहरुबीच सहमति बन्न नसकेपछि नियमावलि बनाउने जिम्मा पाएको नियमावली मस्यौदा समितिको वैठक अनिश्चित कालका लागि स्थगित भएको छ । समितिको बैठक अब दशैंपछि मात्र बस्नेछ । मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छे हतारमा गलत निर्णय लिनु भन्दा ढिलै भए पनि राम्रै निर्णय गर्ने पक्षमा समिति रहेका बताउँछन् ।
माओवादी, काँग्रेस, एमाले जस्ता प्रमुख दलहरु सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिनु नहुने पक्षमा छन् भने तराई मधेश लोकतान्त्रिक पार्टीलगायतका साना दलहरु विवेकको मतको पक्षमा छन् । दलको हि्वप अनुसार सभासदले मत दिनुपर्ने आफ्नो दलको निर्णयको पक्षमा तर्क गर्दै नियमावली मस्यौदा समितिका सदस्य तथा एमाले सभासद अग्नी खरेल भन्छन्, 'हामी विवेकको मतको विपक्षमा होइन, त्यसको सही संयोजनको पक्षमा छौं ।' आफ्नो चुनावी घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धता संविधानमा राख्न पनि दलहरुले सभासदहरुलाई हि्वप लगाउन पाउने सभासद खरेलको तर्क छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद हृदयेश त्रिपाठी व्यवस्थापिकामा दलहरुले सभासदहरुलाई हि्वप लगाए पनि संविधानसभामा भने विवेकको मत प्रयोग गर्ने छुट दिनुपर्ने बताउछन् । संविधान निर्माणको अन्तराष्ट्रिय अनुभव तथा राज्य पुनरसंरचना गर्नुपर्ने संविधानसभाको जिम्मेवारीका कारण त्यहाँ विवेकको मत प्रयोग हुनु अनिवार्य रहेको तर्क छ, त्रिपाठीको । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा जस्ता केही साना दल पनि ठूला दल जस्तै संविधानसभा र व्यवस्थापिका दुबैमा पार्टी ह्विप अनिवार्य हुनपर्ने पक्षमा छन् । नेमकिपा सभासद तथा मस्यौदा समितिका संयोजक विजुक्छे हि्वप नलाग्दा पार्टी सिस्टम नै खलबलिने तर्क गर्छन् ।

No comments:
Post a Comment