News

Oct 7, 2008

माओवादीको केन्द्रीय समितिको बैठक एक महिनाका लागि स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दशैं र तिहारलाई खासै महत्व नदिने माओवादीको केन्द्रीय समितिको बैठक दशैं र तिहारलाई नै कारण देखाएर एक महिनाका लागि स्थगित गरिएको छ । माओवादी केन्द्रीय समितिको बैठक एक महिनाका लागि स्थगित भएको छ । असोज २१ गते बैठकपछि कार्तिक २५ गतेदेखि तीन दिनसम्म राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गर्दै बैठक स्थगित भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । 'दशैं/तिहारका कारण बैठक स्थगित भएको हो, बिबादका कारण होइन' दशै/तिहारलाई खासै महत्व नदिने पार्टीका प्रवक्ताले भने ।
असोज १७ गतेदेखि माओवादी केन्द्रीय समिति बैठकले उसका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे भने कुनै टुङ्गो लगाउन सकेन । प्रतिवेदन थाँति रहेको पनि संचारकर्मीहरुसँग प्रवक्ता महराले बताए । प्रतिवेदनका सबै बिषय कार्यकर्ता भेलाले टुङ्गो लगाउने सहमति बनेको उनले जानकारी दिए । श्रोतका अनुसार, राजनीतिक प्रतिवेदनमा उल्लेख भएलगायत नीतिगत बिषय माओवादीभित्रको मोहन बैद्य किरण पक्ष केन्द्रीय समितिको बैठकबाटै टुङ्गो लगाउन चाहन्थ्यो भने अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराई पक्ष बिबादका सबै बिषय कार्यकर्ता भेलामा पुर्‍याउन चाहन्थ्यो । माओवादी केन्द्रीय समितिमा किरण पक्षको बहुमत रहेको मानिन्छ ।

No comments: