News

Oct 7, 2008

कसैको सर्तमा सरकारले वार्ता नगर्ने - उपप्रधानमन्त्री बामदेव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री बामदेव गौतमले तराईमा क्रियाशिल सशस्त्र समूहका सर्त मानेर सरकारले उनीहरुसँग वार्ता नगर्ने स्पष्ट पारेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले कसैको सर्तमा सरकारले वार्ता नगर्ने बताएका छन् । असोज २१ गते परिवारसँग मुस्ताङको लोमान्थाङ, मुक्तिनाथ र जोमसोम घुमेर फर्केका गौतमले पोखरामा संचारकर्मीहरुसँग सर्त राखेमा तराईका सशस्त्र समूहसँग सरकारले वार्ता नगर्ने स्पष्ट पारे । तराईमा क्रियाशिल सशस्त्र समूहहरुले सरकारले आफूहरुलाई वार्ताका निम्ति औपचारिक पत्र पठाउनुपर्ने, युद्धबिरामको घोषणा गर्नुपर्ने, बन्दीहरु रिहाई गर्नुपर्ने तथा वार्ता अवधिमा आफ्नो सुरक्षा ग्यारेण्टी हुनुपर्ने सर्त राखेको समाचार आएको छ । सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्री गौतमले राजमार्गमा हुने दुर्घटना कम गर्न चालकहरुको लापर्वाही नियन्त्रणका लागि बिशेष कदम चालिने जानकारी दिए भने क्यासिनोमा नेपाली प्रवेश निषेध, डान्सबार बन्द र मदिरा बेचबिखनमा कडाईको आफ्नो नीतिलाई सरकारले निरन्तरता दिने दोहोर्‍याए । गौतम नेपाली सेनाको हेलिकप्टरमा पत्नी, छोरी, सम्धिनी तथा आफन्तसँग घुमघाममा छन् ।

No comments: