News

Oct 8, 2008

आंशिक प्राध्यापक संघले राखेका मागप्रति सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले नेपाल आंशिक प्राध्यापक संघले राखेका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै समस्या समाधानका लागि सकारात्मक पहल गर्न प्रतिबद्धता जनाएको छ । दसैं बिदा सकिएर कार्यालय खुल्नासाथ सरकारले त्रिभुवन विश्वविद्यालयको स्वायत्ततालाई समेत दृष्टिगत गर्दै संघले उठाएका मागको उचित समाधानका लागि सकारात्मक पहल गर्न आवश्यक निर्देशन दिने जनाएको छ ।सरकारले हालको आमरण अनसनलगायतका कार्यक्रम तत्काल स्थगन गर्न संघलाई आहृवान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

No comments: