News

Oct 6, 2008

बेवारिसे बम विस्फोट हुँदा तीनजना बालक गम्भीर घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेवारिसे बम विस्फोट हुँदा मोरङको विराटनगर उपमहानगरपालिका वडा नम्बर २१ रानी क्षेत्रमा आज सोमबार बिहान तीनजना बालक गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका अनुसार स्थानीय मनोरन्जन डंगोलको घरनजिक घाँसमा रहेको बम प्लास्टिक बटुल्नेहरुले चलाउँदा विस्फोट भएको हो ।बिहान पौने १० बजे भएको विस्फोटमा परी घाइते हुनेहरुको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको हात र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेहरुको नाम खुलिनसकेको प्रहरीले जनाएको छ ।

No comments: