News

Oct 6, 2008

चट्याङमा परी दुइजना महिलाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रामेछाप जिल्लाको रनास्लुमा चट्याङमा परी दुइजना महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उक्त गाविसको ढुंगाफोर भन्ने वस्तीमा परेको चट्याङले स्थानीय तारा तामाङ र सीतामाया तामाङको मृत्यु भएको हो । उनीहरुसँगै रहेका अन्य चारजना घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments: