लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानुन, न्याय तथा संविधानसभा मन्त्री देवप्रसाद गुरुङले संविधान निर्माण कार्य तिहारपछि सुरु हुने बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले तिहारअघि संविधानसभा नियमावली पारित हुने र बजेट अधिवेशन अन्त्य भइसक्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि छ महिनाभित्र सेना समायोजन गरिने र यसका लागि चाँडै समिति गठन हुने मन्त्री गुरुङले बताउनुभयो । पत्रकारको प्रश्नको जवाफमा गुरुङले संसारभरका कम्युनिस्टको अन्तिम लक्ष्य जनगणतन्त्र नै हो भन्नुभयो ।उहाँले विगत १५ वर्षको संसदीय व्यवस्थाबाट मुलुकको हित हुँदैन भन्ने पुष्टि भइसकेकाले अब कुन प्रक्रियाबाट गणतन्त्रलाई संस्थागत गर्ने भन्नेबारे छलफल हुनुलाई अन्यथा लिन नहुने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन अनौपचारिक रुपमा छलफल भइरहेको तर कांग्रेसले त्यसलाई सकारात्मक रुपमा नलिएको मन्त्री गुरुङको भनाइ थियो ।
No comments:
Post a Comment