News

Oct 2, 2008

नेपालमा शान्ति होस् भन्ने चाहन्छु- पूर्व राजा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नेपालमा शान्ति चाहेको बताउनुभएको छ । जगतगुरु कृपालु महाराजको आश्रम भक्तपुर जानुभएका पूर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीसँग कुरा गर्दै दसैंको अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना दिनुभयो । उहाँले शान्तिको कामना गर्दै सबै नेपाली जनतामा सुख शान्ति र समृद्धि आओस् भन्नुभयो ।सोही अवसरमा उहाँले भक्तपुरको भक्ति मन्दिरको दर्शन गर्नुभयो । आफै गाडी चलाएर त्यहाँ पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र केही समय त्यहाँ बिताएर फर्कनुभएको थियो । उहाँ आफै आश्रम जानुभएको र उहाँलाई कुनै निमन्त्रणा नदिइएको आश्रमका पदाधिकारी तुलसीप्रसाद भट्टराइले सञ्चारकर्मीलार्य जानकारी दिनुभयो ।

No comments: