News

Oct 2, 2008

जातीयताका आधारमा संघीय राज्य बनाउन नमिल्ने - परराष्ट्रमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले जातीयताका आधारमा संघीय राज्य बनाउन नमिल्ने बताउनुभएको छ । जातीयताका आधारमा संघीय राज्य बनाए मुलुक दुर्घटनामा फस्ने भन्दै क्षेत्रीय आधारमा मात्र सघको निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।संम्युक्त राष्ट्रसंघको अल्पविकसित मुलुकहरुको मन्त्रीस्तरीय बैठकमा भाग लिन न्युयोर्क पुग्नुभएका मन्त्री यादवले न्यु स्कुल विश्वविद्यालयले न्युयोर्कमा आयोजना गरेको नयाँ नेपालको पहिचान र राजनीतिका चुनौति बिषयक कार्यक्रममा यस्तो बताउनुभएको जनाइएको छ ।मधेसी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले आफ्नो पार्टीको राष्ट्रियताप्रति शंका नगर्न समेत आग्रह गर्नुभयो । यसैबीच परराष्ट्रमन्त्री यादव र उहाँका भारतीय समकक्षी प्रणव मुखर्जीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । भेटमा कोसीबाँध तथा हुलाकी सडकको निर्माण, द्विपक्षीय व्यापारिक सम्बन्ध लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

No comments: