News

Oct 1, 2008

सबै पूर्वगोर्खाले बेलायतमा आवासीय भिसा पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले बेलायतमा आवासीय भिसा पाउने भएका छन् । बेलायतको लन्डनस्थित उच्च अदालतले सन् १९९७ अघिका गोर्खालाई पनि आवासीय भिसा दिन मंगलबार गृह मन्त्रालयलाई आदेश दिएको समाचारहरुमा जनाइएको छ । यसअघि सन् १९९७ भन्दा पछि अवकास पाएका गोर्खाहरुले मात्र उक्त सुविधा पाएका थिए ।त्यसअघि अवकाश पाएका पूर्वगोर्खाले बेलायतसँग गहिरो सम्बन्ध रहेको प्रमाणित गर्नुपर्ने हुन्थ्यो । त्यसका लागि बेलायतमै चार वर्ष सेवा गरेको, छोराछोरी त्यहाँ रहेको जस्ता चार प्रमाण आवश्यक पर्थे । पूर्वगोर्खालाई बेलायतमा बस्न बनाइएको अध्यागमन नीति असान्दर्भिक र गैरकानुनी भएको उच्च अदालतको फैसला उल्लेख गर्दै बेलायतको दि गार्जियन पत्रिकाले भनेको छ- उनीहरुले जुनसुकै मितिमा अवकाश पाएका भए पनि बेलायतमा बस्न पाउँछन् ।

No comments: