News

Oct 1, 2008

राष्ट्रपतिलाई प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे जानकारी गराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १० दिने अमेरिका भ्रमणबारे राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउनु हुनेभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासमा बुधबार हुने भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका महत्वपूर्ण भेटघाट र संयुक्त राष्ट्रसंघको ६३ औं महासभमा आफुले गरेको सम्वोधनवारे पनि राष्ट्रपतिलाई जानकारी गराउनुहुने जनाइएको छ ।यसैगरी राष्ट्रपतिलाई उहाँले राष्ट्रसंघका महासचिव वान की मुन आगामी कात्तिक १४ गते नेपाल भ्रमणमा आउन लाग्नुभएकोबारे पनि जानकारी गराउनुहुने छ । भेटमा राष्ट्रपति यादवले भने सुदुरपश्चिमका बाढीपहिरो पीडित तथा गरिव जनतालाई छिटो राहत प्रदान गर्न आग्रह गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

No comments: