News

Oct 6, 2008

माओवादी केन्द्रिय समितिको बैठक आज सोमबार पनि जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रिय समितिको बैठक आज सोमबार पनि जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि पालैपालो धारणा राखिरहनुभएको छ । यसैगरी बैठकमा पार्टीको भावी रणनीति तथा कार्यदिशा, महाधिवेशन, सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन, सेना समायोजनलगायत विषयमा छलफल सुरु भएको जनाइएको छ । यसअघि प्रतिवेदनमाथि बरिष्ठ नेता डा. बाबुराम भट्टराइ, रामबहादुर थापा वादल, पोष्टबहादुर वोगटी, किरण लगायत २० जनाले धारणा राखिसक्नुभएको छ । बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले प्रतिबेदन आधारभूत सिद्धान्तविपरीत आएको भन्दै परिर्माजन गर्न माग गरेका थिए ।यस्तै पार्टीले लिएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको कार्यदिशा पूरा भइसकेकाले अव नयाँ कार्यदिशा तय गर्न पनि माग गरेका थिए । पार्टी सरकारमा गएपछि पहिलोपटक बसेको वैठकमा अध्यक्ष प्रचण्डले जनपक्षीय संविधानवाट जनणतन्त्रमा जाने प्रस्ताव पेश गर्नुभएको थियो । चुनुवाङ्ग वैठकपछिको महत्वपूर्ण मानिएको माओवादी केन्द्रिय समितिको बैठकले जिम्मेवारी हेरफेर र भावी कार्यदिशाबारे निर्णय गर्ने जनाइएको छ ।

No comments: