News

Oct 6, 2008

पूर्वराजा ज्ञानेन्द्र र परिवारले राज्यलाई सम्पत्तिकर तिर्न थालेका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारले राज्यलाई सम्पत्तिकर तिर्न थालेका छन्। विगतमा शाही परिवारको सम्पत्तिमा कर नलाग्ने विशेष व्यवस्था तत्कालीन सरकारले गर्दै आएका थिए। तर प्रतिनिधिसभा पुनः स्थापनापछिको प्रतिनिधिसभा घोषणाले पहिलो पटक राजा र राजपरिवारको सम्पत्तिमा कर लाग्ने नियमावली बनाएपछि कर तिर्न प्रारम्भ भएको हो।काठमाडौं महानगरपालिकाका राजस्व योजना तथा अनुगमन अधिकृत नवराज ढकालका अनुसार ज्ञानेन्द्र र उनका नातेदारलाई पटक-पटक पत्राचार गरेपछि शुक्रबार ३५ रोपनी जग्गा ओगटेको महाराजगन्जस्थित जीवनकुञ्जले चर्चेको घरजग्गाको कर तिर्न आएका छन्।धीरेन्द्रका पुत्रीत्रय शीताष्मा, दिलाशा र पूजाको नाममा रहेको सो घरको करिब ४२ लाख मूल्याड्ढन हुने कामपाले जनाएको छ।ज्ञानेन्द्रपरिवारले समेत भोगचलन गर्दै आएको सो घरसँगै रहेको निर्मल निवासको भने कर तिर्न बाँकी रहेको छ।निर्मलनिवासबाहेकको राजाको नाममा रहेको सम्पूण् घरजग्गाको कर असुली भइसकेको राजस्व अधिकृत ढकालले बताए।सरकारले स्वर्गीय राजा वीरेन्द्र र उनका परिवार तथा पूवराजा ज्ञानेन्द्रका नाममा रहेका अधिकांश सम्पत्ति ट्रस्टमा राखेको छ। ट्रस्टमा राखिएको घरजग्गा सरकारी स्वामित्वमा भएकाले कर उठाउन नमिल्ने कामपाले जनाएको छ।दोस्रो जनआन्दोलनपछि कामपाले आव २०६२/०६३ देखि हालसम्ममा पूर्वराजा र राजपरिवारबाट करिब डेढ करोड कर असुली गरिसकेको छ। त्यसअघि शारदा, शान्ति, शोभा, हेलेन, रवीन्द्रविक्रम शाहलगायतले कर तिरेका थिए।पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति र घरजग्गाको कर कडाइका साथ उठाइएको बताउँदै कामपा कार्यकारी अधिकृत दिनेश थपलियाले राजपरिवार र उनका नातेदारले कर नतिरे कानुनअनुसार कारबाही गरिने जानकारी दिए।

No comments: