News

Oct 3, 2008

पाँच महिनाको अवधिमा विभिन्न जिल्लामा ५४ जनाको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा आन्दोलनरत सशस्त्र भूमिगत समूह र सरकारमा सम्मिलित दलहरूबीचको असहिष्णुताका कारण विगत पाँच महिनाको अवधिमा पूर्वाञ्चलका विभिन्न जिल्लामा ५४ जनाको हत्या भएको छ । हत्या सबैभन्दा बढी तराइ क्षेत्रमा भएको प्रहरीको तथ्यांक छ ।सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार उक्त अवधिमा सबैभन्दा बढी तराइमा आन्दोलनरत सशस्त्र भूमिगत समूहबाट ३० जनाको हत्या भएको छ । विशेष गरी पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लामा ती समूहले अपहरण र हत्या गर्नुका साथै फिरौती तथा चन्दा माग गरी आतंक फैलाउने घटनामा खास कमी नआएको पनि मुख्यालयले बताएको छ ।गत वैशाखदेखि असोजको पहिलो हप्तासम्ममा आपराधिक गतिविधिलाई नियन्त्रणमा लिने प्रयासमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरी कारबाही चलाइएको मुख्यालयले जनाएको छ । कतिपय पहाडी जिल्लामा सरकारमा रहेका दलहरूका कार्यकर्ताबीचमै पनि हिंसात्मक झडप जारी रहेको जनाइएको छ ।

No comments: