लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नियमित उडानको माग गर्दै कर्णालीबासीहरुले सुर्खेत बिमानस्थलमा गरेको तालाबन्दी सहमतिपछि खुलेको छ । नियमित उडान भर्ने सहमतिपछि तालाबन्दी खोलिएको बिमानस्थलका इन्चार्ज सुमत कुमार चौधरीले जानकारी दिनुभयो । तीन दिनदेखि कर्णालीका जिल्लामा उडान नभएपछि सुर्खेतमा अलपत्र परेका कर्णालीबासीहरुले नियमित उडानको माग गर्दै शुक्रबार बिहानैदेखि बिमानस्थलमा तालाबन्दी गरेका थिए । यसैगरी नेपाल बायु सेवा निगमको लापरबाहीका कारण दशैको मुखमा घर जान भनी हिडेका बाजुराका दजर्नौं बिद्यार्थीहरु नेपालगञ्ज बिमानस्थलमा अलपत्र परेका छन् ।बिद्यार्थी सहुलियतमा नेपाल एरलायन्सले बाजुराका बिद्यार्थीहरुलाई उडाउने भनेर हवाइ टिकट काट्न लगाए पनि एक्कासी उडान रद्द भएको निगमले जानकारी दिएपछि आफुहरु अलपत्र परेको बिद्यार्थीहरुले गुनोसो गरेका छन् । उनीहरुले बिदेशी पर्यटकहरुबाट बढी रकम पाएका कारण निगमले जहान हुम्ला उडाएको आरोप लगाएका छन् ।
No comments:
Post a Comment