News

Oct 11, 2008

विकास निम्ति गैरआवासीय नेपालीलाई अपिल - अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरुको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ । अमेरिकी राजधानी वासिङटन डिसीस्थित विश्वबैंकको आयोजनामा शुक्रबकार भएको अन्तर्क्रियामा उहाँले यस्तो बताउनुभएको हो ।त्यसअवसरमा उहाँले गैरआवासीय नेपालीहरुलाई नयाँ नेपाल निर्माणमा सक्दो सहयोग गर्न अपिल गर्नुभयो । राजनीतिक क्रान्तिपछि अब आर्थिक क्रान्ति गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अर्थमन्त्री भट्टराइले विकासका आवश्यक क्षेत्रहरुमा सहयोग पुर्‍याउन गैरआवसीय नेपालीहरुलाई आग्रह गर्नुभयो ।जलस्रोत, पर्यटन, भौतिक व्यवस्थापन अनि कृषि क्षेत्रमा गैरआवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सरकार आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको समेत बताउनुभयो ।अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री भट्टराइले यसअघि अमेरिकी सहायक विदेशमन्त्री रिचार्ड बाउचरसँगको भेटमा नेपालको आर्थिक तथा राजनीतिक विकासका सम्बन्धमा छलफल गर्नुभएको थियो ।

No comments: