News

Oct 2, 2008

पेट्रोलियम अभाव हुन नदिन प्रभावकारी अनुगमन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बजारमा पेट्रोल डिजेल, मट्टतिल र एलपी ग्यासको अभाव हटाउन र दसैं, तिहार र छठलाई ध्यानमा राखी सहज आपूर्तिका व्यवस्था मिलाउने सम्बन्धमा वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा बसेको बैठकले जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोकजत्वमा गठन भएको बजार अनुगमन टोलीलाई प्रभावकारी बजार अनुगमनमा सक्रिय पार्ने निधो गरेको छ ।पेट्रोलियम पदार्थको आपूर्ति नियमित र व्यवस्थित गर्न तत्कालै निगमका इन्धन डिपोबाट पेट्रोल, डिजेल र मट्टतिलको दैनिक बिक्रीवितरण पारदर्शीरुपले गर्ने/गराउने र डिपोको काम कारवाही चुस्त र दुरुस्त राखी गुणस्तर वा नापतौलमा विचलन हुन नदिन आवश्यक सबै प्रबन्ध मिलाउने निर्देशन बैठकले दिएको छ ।वाणिज्य विभाग एवं निगमका पदाधिकारीसमेतको निरीक्षण टोलीले पेट्रोल, डिजेल र मट्टतिलको गुणस्तर एवं वितरण व्यवस्थाको घनीभूतरूपमा अनुगमन गर्ने र पेट्रोलियम पदार्थमा मिसावट गरेको वा गुणस्तर बिगारेको पाइएमा त्यस्ता कार्यमा संलग्न पक्षलाई नियमबमोजिम निगमले हदैसम्मको कारवाही गर्ने निर्देशन पनि दिइएको छ ।

No comments: