News

Oct 2, 2008

सेना समायोजन छिट्टै गरिने - अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री एवं माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराइले सेना समायोजन छिट्टै गरिने बताउनुभएको छ । संसदमा माओवादी सेना हतियारसहित प्रवेश गरेको भनी अन्य दलले बखेडा झिक्न खोजेर सेना समायोजनमा अवरोध गर्न खाजेको आरोप पनि उहाँले लगाउनुभएको छ ।पोखरामा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराइले सेना समायोजनमा अन्य दलहरुले गर्ने हस्तक्षेप विफल हुने दाबी गर्नुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट संशोधन नगरिएको भन्दै छुटेका बुँदाहरुलाई सुधार मात्र गरिएको जानकारी दिनुभयो ।

No comments: