News

Oct 4, 2008

हतियार र लडाकु समायोजन गर्ने जिम्मेवारी नेकपा एमालेको काँधमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले नेकपा माओवादीको हतियार र लडाकुलाई यसै वर्षभित्र समायोजन गर्ने जिम्मेवारी अब नेकपा एमालेको काँधमा आएको बताउनुभएको छ । पार्टीले भक्तपुरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।माओवादीका हतियार र सेनाको व्यवस्थापन गर्नेबारे छलफल र सहमतिको आवश्यकता रहेको अधिकारीले बताउनुभयो । नयाँ नेपालको निर्माणसँगै सम्पूर्ण सामन्ती प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताउँदै उहाँले नयाँ संविधान समावेशी बनाउनुपर्ने भएकाले त्यसका लागि एमाले दृढ संकल्पका साथ अघि बढेको बताउनुभयो ।

No comments: