News

Oct 4, 2008

मुलुकमा अझै पनि हिंसाको राजनीति अन्त्य नभएको चिन्ता - राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकमा अझै पनि हिंसाको राजनीति अन्त्य नभएकोप्रति राष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गर्नुभएको छ । हिंसाको राजनीति अन्त्य नभएकाले शान्ति, एकता र सहकार्य आवश्यक भएको उहाँले बताउनुभएको छ । राजधानीको दशरथ रंगशालामा आयोजित सांस्कृतिक संगम कार्यक्रममा सम्बोधन गर्दै उहाँले शनिबार यस्तो बताउनुभएको हो । जनताले तत्काल शान्ति स्थापना चाहेको उल्लेख गर्दै उहाँले यसका लागि सबै पक्षले क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै बहुदलीय व्यवस्था, कानुनी शासन, मौलिक हक, मानवअधिकार र सभ्य समाज निर्माणका लागि सबै राजनीतिक दलहरुको उत्तिकै प्रतिवद्धता हुनुपर्ने राष्ट्रपति यादवको भनाइ थियो । जनताको चाहना पूरा गरी मुलुकलाई समृद्धितिर लैजानु सबैको कर्तब्य भएको यादवले बताउनुभयो ।

No comments: