News

Oct 4, 2008

सेती नदीमा खसेर एक पर्यटक बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरास्थित सेती नदीमा खसेर एक पर्यटक बेपत्ता भएका छन् । हल्यान्डका ४९ वर्षीय पिटर्स नाम गरेका पर्यटक शनिबार तस्बिर खिच्ने क्रममा सेतीमा खसेका थिए । करिब डेढसय फिटको गहिराइमा रहेको सेतीको खोचमा खसेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पोखरामा रहेका सेतीका खोंच र अन्य खोंचहरुमा यसअघि पनि धेरै व्यक्तिको खसेर ज्यान गइसकेको छ ।

No comments: