News

Oct 4, 2008

हिंसा त्यागेर वार्तामा बस्न आह्वान - गृहमन्त्री वामदेव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र समूहहरुले आफ्ना हिंसात्मक गतिविधि जारी राखेका बेला उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले हिंसा त्यागेर वार्तामा बस्न आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदले वार्ताका लागि समिति गठन गरेपछि गृहमन्त्री गौतमले यस्तो आग्रह गर्नुभएको हो । वार्ताका माध्यमले नै सबै समस्या हल हुने विश्वास व्यक्त गर्दै उहाँले वार्तामा बस्न आग्रह गर्नुभएको हो ।राजधानीमा आयोजित गणतान्त्रिक कार्यक्रममा सहभागी हुनुभएका गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार यस्तो बताउनुभएको हो । नयाँ नेपाल बनाउनका लागि सबैले मिलेर अघि जानुपर्ने उल्लेख गर्दै उहाँले हिंसाले कुनै समस्याको समाधान हुँदैन भन्नुभयो । हिंसा बन्द गरेर संघीय गणतान्त्रिक नेपालको जग बलियो बनाउने हातेमालो गर्न उहाँले आग्रह गर्नुभयो ।

No comments: