News

Oct 4, 2008

गठबन्धनमा अविश्वास पैदा नगर्न आग्रह - माधवकुमार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वर्तमान सरकारमा रहेका गठबन्धनकारी राजनीतिक दलहरुबीच अविश्वास हुने क्रियाकलाप नगर्न नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले माओवादीलाई हाग्रह गर्नुभएको छ । दसैंको अवसरमा राजधानीमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शनिबार यस्तो बताउनुभएको हो ।वर्तमान संयुक्त सरकारलाई दुइ वर्षसम्म टिकाउनुपर्नेमा जोड दिंदै नेपालले यो सरकारले जनताको आकांक्षा पूरा गर्न सक्नुपर्ने समेत बताउनुभयो । विगतमा माओवादीले प्रतिवद्धता जनाएअनुसारका काम गर्नुपर्ने भन्दै नेता नपालले कब्जा गरिएका घरजग्गा सम्बन्धितलाई फिर्ता गर्नुपर्छ भन्नुभयो ।

No comments: