News

Oct 2, 2008

मोर्चाका दुइ कार्यकर्तालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्साको वीरगञ्जबाट हतियारसहित तराइ जनतान्त्रिक मुक्ति मोर्चाका दुइ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको माइस्थानमा रहेको सुनचाँदी पसलमा बुधबार राति चोरी गरिरहेको अवस्थामा उनीहरुलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा वीरगञ्जका सचितानन्द राय र भारत बेतियाका रामेश्वर यादव रहेका छन् । प्रहरीले उनीहरुको साथबाट स्वचालित पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली पाँच राउण्ड बरामद गरेको छ ।यसैबीच अज्ञात समूहले राति बाराको निजगढस्थीत स्थानिय केशरबहादुर खपाङ्गीको घरबाट ९ लाख रुपैयाँ लुटेर लगेको छ । ७/८ जनाको समूहमा आएको समूहले हतियार देखाइ घरका सबै सदश्यलाई कोठामा थुनेर रकम लुटेको प्रहरीले जनाएको छ ।

No comments: