News

Oct 8, 2008

यति इयरलाईन्सको बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोलुखुम्बुको लुक्ला बिमानस्थलमा यति इयरलाईन्सको बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।यति इयरलाईन्सको ट्वीनअटर बिमान सोलुखुम्बु, लुक्ला बिमानस्थल नजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । असोज २२ गते बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा १२ जर्मन, २ अष्ट्रेलियन र २ नेपाली यात्रु छन् भने इयरहोस्टेस् सुनिता श्रेष्ठ र सहायक पाइलट बिकाश पन्तको पनि दुर्घटनामा मृत्यु भएको छ । बिमानका प्रमुख चालक सुरेन्द्र कुवँर गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि राजधानी ल्याइएको छ ।
सुरुवाती अनुमान अनुसार बिमान हुस्सुको कारण दुर्घटना भएको हो । बिमान अवतरण हुनुभन्दा केही अघिसम्म बिमानस्थलको मौसम राम्रै भए पनि अकस्मात बिमानस्थलमा बाक्लो हुस्सु आएको थियो । बाक्लो हुस्सुको कारण बिमानस्थल नजिकै रहेको बारीमा बिमान दुर्घटना भएको हो । बिमान दुर्घटना हुने बर्षा मौसम सकिएको तथा पर्यटक आउने समय सुरु हुनलागेको बेला भएको यो दुर्घटना दुई वर्षअघि ताप्लेजुङको धुन्सामा भएको बिमान दुर्घटनापछिको सबैभन्दा भयानक हो ।

No comments: