News

Oct 2, 2008

कोसी बाढीले पशुपंक्षीको वासस्थानमा असर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी कटानले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मानवीय चहलपहल बढेकाले त्यहाँका जनावर तथा पशुपंक्षीहरु आफ्ना बासस्थान छाड्न थालेको सम्बन्धित विज्ञहरुले बताएका छन् । सुनसरीमा आयोजित कार्यक्रममा कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत मनोज साहले कोसी कटानले अर्नालाई असर नपारे पनि घडियाल गोही, सारस र अन्य पशुपंक्षी तथा सिमसार क्षेत्रमा बस्ने जनावरलाई असर परेको जानकारी दिनुभयो ।आरक्षण क्षेत्रका गोही लगायत घस्रने जनावरहरुका साथै अजिंगरलाई कोसी कटानले बगाएको साहले बताउनुभयो । हाल, कोसीटप्पुमा २५ प्रकारका स्तनधारी, ११७ प्रजातिका माछा, १७६ प्रजातिका चराहरु लगायत दर्जनौ जंगली चौपायाहरु रहेको आरक्षणले जनाएको छ ।

No comments: