News

Oct 8, 2008

एक महिलासहित चारजना कैदीलाई बडादसैंको अवसरमा जेलमुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बागलुङ कारागारमा विभिन्न अपराध गरेका कारण जेल सजाय भोगिरहेका एक महिलासहित चारजना कैदीलाई बडादसैंको अवसर पारी मंगलबार जेलमुक्त गरिएको छ । कारागारमा रहँदा अनुशासितरूपमा जेलजीवनयापन गरी आधा कैद भुक्तान गरिसकेका उनीहरुलाई सरकारको निर्णयअनुसार मुक्त गरिएको जेलर टीकाराम आचार्यले बताउनुभयो ।आधा कैद भुक्तान गरी बडादसैंको अवसरमा बागलुङ कारागारबाट जेलमुक्त हुने बन्दीमा रोल्पाका किरण पुन, बागलुङ नगरपालिका-१ का भूपेन्द्र रुचाल, हिल गाविसका गोमा सुवेदी र मल्म गाविसका रेमबहादुर चोखाल छन् ।

No comments: