News

Oct 11, 2008

सरकारसित वार्तामा बस्न मोर्चाको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तराइमा सशस्त्र आन्दोलन गरिरहेका भूमिगत समूहलाई वार्ताका लागि आहृ्वान गरेपछि केही समूह वार्तामा जानका लागि तयारी गरिरहेका छन् । करिब डेढ साताअघि भारत विहार राज्यको कटिहारमा बसेको १४ वटा सशस्त्र समूहको बैठकले वार्तामा जाने निर्णय गरेलगत्तै जनतान्त्रिक तराइ मुक्तिमोर्चा राजन मुक्ति समूहले वार्तामा बस्न सरकारीपत्र प्राप्त गरिसकेको छ ।स्रोतका अनुसार सरकारले आफ्नो सम्पर्क सूत्रमार्फत सशस्त्र समूहलाई पत्र पठाएको छ भने केही समूहलाई पत्र पठाउन तयारी गरिरहेको छ । सरकारी वार्ता टोलीका संयोजक तथा शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्माको हस्ताक्षरित पत्रमा सशस्त्र समूहले गरेको युद्धविरामलाई सकारात्मक रुपमा लिँदै अविलम्ब वार्तामा आइ वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिएको छ ।

No comments: