News

Oct 3, 2008

दसैंपछि नयाँ संविधान निर्माण कार्यले तीव्रता पाउने - सुवास नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दसैंपछि गणतान्त्रिक नेपालको नयाँ संविधान निर्माण कार्यले तीव्रता पाउने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताउनुभएको छ । संविधानसभा निर्वाचन सम्पन्न भइसकेर पनि निकै समय बित्दा समेत संविधान निर्माण प्रक्रिया सुरु नभएको भन्दै टिप्पणी भइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो । सभाध्यक्ष नेम्वाङले चार महिना ढिलाइ भए पनि दसैंपछि भने प्रक्रियाले तीव्रता पाउने बताउनुभयो ।राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले संविधानसभा नियमावलीमा दलहरुबीच एक बुँदामा मात्र असहमति रहेको भन्दै दसैंपछि उक्त नियमावली अनुमोदन हुने उल्लेख गर्नुभयो । राजनीतिक दलहरुबीचको उच्चस्तरीय समझदारी र सबै जातजाति अनि भूगोलका जनताको सुदृढ एकताले चार महिनाको शून्यतालाई पुर्ने दाबी गर्दै नेम्वाङले तोकिएकै समयमा संविधान निर्माण हुने उल्लेख गर्नुभयो ।

No comments: