News

Oct 3, 2008

मन्त्रिपरिषद बैठक आज शुक्रबार बस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दसैं तिहार नजिकिदै गर्दा आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक आज शुक्रबार बस्ने भएको छ । मन्त्रिपरिषदको कार्यालय सिहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमणका भेटघाट तथा उपलब्धिबारे मन्त्रीहरुलाई जानकारी गराउनु हुने जनाइएको छ ।यसैगरी बैठकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा ब्यवस्था र सरकार सञ्चालनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय संयन्त्रका बिषयमा पनि छलफल हुने वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले जानकारी दिनुभयो ।

No comments: