News

Oct 3, 2008

जनतालाई अधिकार सम्पन्न हुन नदिन अहिले चौतर्फी हस्तक्षेप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई अधिकार सम्पन्न हुन नदिन अहिले चौतर्फी हस्तक्षेप बढेको बताउनुभएको छ । उहाँले मुलुक अझै बाह्य हस्तक्षेपबाट मुक्त हुन नसकेको भन्दै नयाँ सविधान निर्माण नभएसम्म जनतालाई पूर्ण अधिकारसम्पन्न बनाउन नसकिने धारणा राख्नुभयो ।नेपाल आदिबासी जनजाति महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन सरकार काम चलाउ मात्रै भएकाले सबै लक्ष्य पुरा गर्न कठिन हुने बताउनुभयो । उहाँले नयाँ संविधान निर्माण भएर अर्को नयाँ सरकार बनिसकेपछि मात्र जनता स्वतन्त्र र अधिकार सम्पन्न हुनेमा जोड दिनुभयो ।प्रधानमन्त्री प्रचण्डले जनजातिको राजनीतिक अधिकारका विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन मौन रहेको भन्दै सदस्य राष्ट्रका हैसियतले त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने आश्वासन दिनुभयो । नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्वायत्तताको मुद्दा आफ्नो पार्टीले युद्धकालदेखि नै प्राथमिकतासाथ उठाएको भन्दै त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

No comments: