News

Oct 8, 2008

राजारजौटा समाप्त भएको नेपाल सरकारको निर्णयबारे जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री वामदेव गौतमले मुस्ताङगी राजा जिग्मीपरवल विष्टलाई माथिल्लो मुस्ताङस्थित उहाकै दरबारमा भेटेर राजारजौटा समाप्त भएको नेपाल सरकारको निर्णयबारे जानकारी दिनुभएको छ । देशमा गणतन्त्र घोषणासँगै राजतन्त्रको अन्त्य भएको सन्दर्भमा देशमा रहेका राजारजौटा अन्त्य भएको सरकारको सन्देश मुस्ताङगी राजा विष्टलाई गृहमन्त्री गौतमले दिनुभएको थियो । संविधानसभाको पहिलो बैठकले शाहवंशीय राजतन्त्र अन्त्य भएको घोषणा गरे पनि मुस्ताङलगायत चार जिल्लाका राजारजौटाको अन्त्य भने असोज १८ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । उक्त निर्णयबारे गृहमन्त्री गौतमले मंगलबार मुस्ताङमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो । मन्त्री गौतमले विष्टलाई सरकारको निर्णय मौखिक जानकारी गराउनुभएको थियो । प्रत्युत्तरमा राजा जिग्मेले सरकारको निर्णय सहर्ष स्वीकार गर्दै आफू सामान्य नागरिक भएर संस्कृतिको संरक्षणमा लाग्ने वचन दिनुभएको थियो । राजा जिग्मेले सरकारसँग १३ औँ शताब्दीमा बनेको दरबार जीर्ण भएकाले त्यसको मर्मतसम्भार गर्न र आफ्नो स्वास्थ्योपचारको व्यवस्थ् गरिदिन सरकारसँग आग्रह गर्नुभएको थियो । गृहमन्त्री गौतमले राजा जिग्मेको उक्त प्रस्ताव आफूले मन्त्रिपरिषद्मा लैजाने र त्यो पारित हुने विश्वास व्यक्त गर्नुभयो । ७६ वर्षीय परबल विष्ट मुस्ताङका २५ औँ राजा हुन् ।

No comments: