News

Oct 1, 2008

एक माओवादी कार्यकर्ताको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा एक माओवादी कार्यकर्ताको गोली हानी हत्या गरिएको छ । उक्त जिल्लाको सोताङ गाविस, वडा २ का ४६ वर्षीय लोकबहादुर विश्वकर्माको अज्ञात समूहले मंगलबार राति घरैमा सुतिरहेका बेला गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।विश्वकर्माको दाहिने गाला र आँखाछेउ लागेको गोली बायाँ कञ्चटबाट निस्केको प्रहरीले जनाएको छ । उनी माओवादीसम्बद्ध सामना परिवारका एरिया सदस्य रहेको बताइएको छ । यसैबीच नेकपा माओवादी, सोलुखुम्बुले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै छानबिन गरी मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

No comments: