News

Oct 1, 2008

दसैंभरि टेलिफोन सेवामा छुट दिइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिकमले आज बुधबारदेखि लागू हुने गरी सबै प्रकारका टेलिफोन महशुलमा छुट दिएको छ । कम्पनीले कात्तिक मसान्तसम्म आधारभुत, जिएसएम र सिडिएमए मोबाइल टेलिफोनको महसुलमा छुट दिएको हो ।टेलिकमले एक अञ्चलबाट अर्को अञ्चलको ५० किलोमिटरभन्दा बढी दूरीमा टेलिकमद्वारा सञ्चालित आधारभूत टेलिफोन सेवामा यसअघिको महशुल दरमा प्रतिमिनेट ५० पैसा छुट दिएको छ भने प्रिपेड मोबाइल फोनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म प्रतिमिनेट २ रुपैयाँ तोकेको छ । पोष्टपेड मोवाइलमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म प्रतिमिनेट १ रुपैयाँ ६० पैसा तोकिएको छ । सीडीएमए स्काइ मोवाइलबाट एकै अञ्चलको आधारभूत तथा मोवाइल सेवामा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ८० पैशा महशुल लाग्ने टेलिकमले जनाएको छ । टेलिकमको पोष्टपेड, प्रिपेड र सीडीएमए मोवाइलबाट एकै अञ्चलको आधारभूत तथा मोवाइल सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म फोन गर्दा भने प्रतिमिनेट ७५ पैसा मात्र लाग्ने छ ।यस दररेटमा नियमअनुसारको कर लाग्ने टेलिकमले जनाएको छ । त्यसैगरी टेलिकमको नेटवर्कबाट कम्पनीको प्रिपेड कलिङ्ग कार्ड अर्थात इजीकल कार्ड मार्फत एक्सेस कोड १४२४ प्रयोग गरी अमेरिका र क्यानडामा हुने अन्तर्राष्ट्रिय कलको महशुल प्रतिमिनेट ६ रुपैयाँ तोकिएको छ ।

No comments: