लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन तिहारपछि गरिने बताउनुभएको छ । नेकपा एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसँग शुक्रबार भएको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । भेटमा सहभागी प्रकाशले सञ्चारकर्मीहरुलाई दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली सेना र माओबादीको जनमुक्ति सेनाबीच तिहारपछि समायोजन प्रक्रिया सुरु गरिने बताउनुभएको थियो ।प्रधानमन्त्रीले सेना समायोजनको गृहकार्य अन्तिम चरणमा पुगिसकेको र समायोजनका लागि सरकारले छिट्टै विशेष समिति बनाउन लागेको र त्यही समितिले सेना समायोजनको तयारी गर्ने बताउनुभएको प्रकाशले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सेना समायोजनको विभिन्न स्वरुपबारे छलफल भइरहेको र त्यसको प्रक्रिया जटिल नहुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको थियो ।
No comments:
Post a Comment