लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस कुनै पनि किसिमको सर्वसत्तावादी तानाशाही प्रवृत्ति विरुद्ध डटेर लड्ने बताउनुभएको छ । नेता देउवाले उक्त कुरा आज बिहीबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भएको सोसलिष्ट इन्टरनेसनलको पूर्ण बैठकमा भाग लिई फर्कनुभएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई बताउनु भएको हो । उहाँले माओवादीले जनवादी गणतन्त्रको नाममा लोकतान्त्रिक मूल्यमान्यता माथि प्रहार गर्न थालेको आरोप लगाउँदै आफ्नो पार्टी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणकालागि हिजो पनि सर्वसत्तावादी तानाशाहीको प्रवृत्तिविरुद्ध लड्यो भने अब माओवादी विरुद्ध डटेर लड्ने बताउनुभएको छ । देउवाले माआवादीको शासनशैली सर्वसत्तावादी र तानाशाहीतर्फ उन्मुख देखिएकोले सो सह्य नभएको पनि बताउनुभयो । विश्वव्यापी आर्थिकमन्दीका विषयमा भएको उक्त बैठकमा सोसलिष्ट इन्टरनेसनलका अध्यक्ष, उपाध्यक्ष र महासचिवलगायत विश्वका राष्ट्र र सरकार प्रमुखहरू तथा राष्ट्रिय संघका विशिष्ट निकायका प्रमुखहरूको सहभागिता थियो ।
No comments:
Post a Comment